Subscribe Us

Responsive Advertisement
Responsive Advertisement

 


३ जेठ, सुर्खेत । कोरोना भाइरस कोभिड १९ को दोश्रोचरणको महामारी तिब्रगतिमा बढे संगै रगतको अभावलाई मध्यनजर गर्दै आज रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

अनेरास्ववियू सुर्खेत र मदन भण्डारी स्पोर्टस् एकेडेमी सुर्खेतले आज संयूक्तरुपमा २८ औं मदन-आश्रित स्मृति दिवसको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न गरेको हो । अहिले कोभिडको महामारीले गर्दा नेपाल रेड्क्रस सोसाइटी सुर्खेतमा रगतको चरम अभाव भएको जानकारी आए संगै हामीले यस रक्तदान कार्यक्रम आयोजना गरेको अनेरास्ववियु सुर्खेतका जिल्ला अध्यक्ष धुपेन्द्र शाहीले बताउनु भएको छ ।

रक्तदान कार्यक्रममा २१ जना रक्तदाताहरुले रक्तदान गर्नुभएको थियो । सथै अनेरास्ववियु सदैव रेडक्रसलाई सहयोग गर्न र आवश्यक परेको खण्डमा २४ घण्टा सहकार्य गर्न तयार रहेको र रेडक्रसमा रगतको अभाव भएमा रक्तदाता खोज्नमा सहकार्य गर्न तयार रहेको अनेरास्ववियुका बिरेन्द्रनगर इन्चार्ज सन्जय याेगीले बताउनु भएको छ। 

यसैवीच २८ औं मदन-आश्रित स्मृति दिवसको अवसरमा नेपाल खेलकूद महास‍ंघ नेकोस कर्णाली प्रदेशले कोभिड-नो भिडको आह्वान गर्दै कोरोना महामारीको लडाईमा खटिने सुरक्षाकर्मी तथा ट्राफिक प्रहरीलाई मास्क र स्यानिटाइजर  हस्तान्तरण गरेको छ ।

साथै महासंघले बिरेन्द्रनगर नगर अस्पताल सुर्खेतमा कार्यरत स्वास्थ्यकर्मी तथा उपचाररत बिरामीहरुलाई फलफुल पनि वितरण गरेको छ । अहिलेको अवस्थामा दिन रात बिरामीहरुको उपचाररत स्वास्थ्यकर्मीहरुको मनोबल बढाउनका लागि तथा उहाहरुको कार्यको उच्च सम्मान गर्दै फलफुल वितरण गरिएको महासंघका अध्यक्ष सुरज थापाले बताउनु भएको छ। 



Post a Comment

Facebook

Responsive Advertisement
Responsive Advertisement
Responsive Advertisement