११ जेठ, सुर्खेत । आज कर्णाली प्रदेशमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस कोभिड १९ को संक्रमणबाट कर्णाली प्रदेशभर ३७७ जना कोरोना मुक्त भएका छन् । त्यस्तै पछिल्लो २४ घण्टामा ६०१ जनामा पिसिआर बिधीबाट चेकजाँच गर्दा कर्णाली प्रदेशभर २१५ जनामा संक्रमण पुष्टी भएको छ ।
साथै एन्टिजेन बिधीबाट ७४१ जनामा परिक्षण गर्दा २६५ जनामा कोरोना पोजेटिभ पुष्टी भएको छ। साथै पछिल्लो २४ घण्टामा कर्णाली प्रदेशभर कोरोनाका कारणले गर्दा ३ जनाको मृत्यु भएको स्वास्थ्य सेवा निर्देशनालय सुर्खेतले जनाएको छ ।


Post a Comment