Subscribe Us

Responsive Advertisement
Responsive Advertisement


कर्णाली प्रदेशको राजधानी स्थित बिरेन्द्रनगर वडा नं १३ गुप्तिपुर घर भएका ५३ बर्षिय ठग बहादुर कामी जीवन र मरणकाे दाेसाँधमा छन् भन्ने खबर पाए पछि हाम्रो टिमका सक्रिय सदस्य भरत शाहि ठकुरीलाई खटायाैं र तुरुन्तै काेभिड जित्दै छ कर्णाली द्वारा सञ्चालित अटाे एम्बुलेन्स लगेर उद्धार गरि कर्णाली केयर प्रा लि मा भर्ना गरेको छ। 

 गत बैसाख २ गते गुप्तिपुर जंगलमा डढेलाे लागिरहेको अवस्थामा दाउरा लिन जंगल गएका बेला आगाेले उनलाई भेटेको थियाे। कम्मर मुनिकाे भाग र हात जलेर घाइते भएका उनलाई उपचारका लागि सुरुमा एक प्राइभेट अस्पतालमा लगिएको थियाे। प्राइभेट अस्पतालमा उपचार आर्थिक समस्याका कारण गर्न नसक्ने भन्दै उहाँका परिवारले विरामीलाई घरमै राख्नु भएको थियो।

अहिले ठग बहादुरकाे शरीरका घाउहरु बाट पानी निस्केको र किरा समेत परेको थियाे।

ज्याला मजदुरि गरि खाने उनका भाइ अस्पतालमा  बिरामी कुरुवा बसेपछि घरमा रासनकाे अभाव हुने भएकाले हाल वीरेन्द्रनगर सुर्खेत स्थित प्रदेश आयुर्वेदिक औषधालयमा सन्चालित "अमृत भोजन अभियान"को तर्फबाट विभिन्न खाध्यान्न सामाग्री लगायत फलफूल सहयोग गरिएको छ।


Post a Comment

Facebook

Responsive Advertisement
Responsive Advertisement
Responsive Advertisement