Subscribe Us

Responsive Advertisement
Responsive Advertisement


कोरोना संक्रमितको मृत्युको विषयलाई लिएर आफन्तहरुले स्वास्थ्यकर्मीहरुलाई लखेट्दै कुटपिट गर्नखोज्दा ज्यान जोगाउन ४ जना नर्स अस्पतालको २ तलामाथिबाट हाम फालेका छन् । 

दाङका एक पुरुषको उपचारकै क्रममा मृत्यु भएपछि आफन्तहरुले मान्छे मार्यो भन्दै स्वास्थ्यकर्मीहरुलाई लखेट्दै हातपात गर्न खोजेपछि अस्पतालमा भागाभाग भएको छ ।

अहिले सबै स्वास्थ्यकर्मीहरुको भागाभाग भएको अस्पताल मेसु डा.प्रकाश थापाले जानकारी दिनुभयो ।


उहाँले भन्नुभयो, ‘स्थिति डरलाग्दो छ, बिरामीको मृत्युको विषयलाई लिएर आफन्त र भिजिटरहरुले स्वास्थ्यकर्मीहरुलाई लखेटे, घाँटी थिच्न थाले ज्यान जोगाउन एक डाक्टर र ३ जना नस अस्पतालको भवनबाट हाम फाले, यहाँ अहिले सुरक्षाकर्मीहरु हुनुन्छ । हामी सबै आत्तिएका छौ । ’

उहाँले अस्पतालको हालको अवस्थाले उपचारत १७५ जना बिरामीको ज्यानसमेत जोखिममा रहेको बताउनुभयो ।

Source: Healthpati.com

Post a Comment

Facebook

Responsive Advertisement
Responsive Advertisement
Responsive Advertisement