सुर्खेत समाज दक्षिण कोरियाद्वारा लकडाउनका कारण समस्यामा परेका कोरोना पीडित तथा बिपन्न घरपरिवारलाई खाद्य सामाग्री वितरण गरेको छ ।
सुर्खेत समाज,दक्षिण कोरियाद्वारा सुर्खेतको भेरीगंगा नगरपालिका र सिम्ता गाउँपालीकाका कोरोना पिडित तथा बिपन्न परिवारलाई राहत वितरण गरेको हो ।
सुर्खेत समाजले सुर्खेत जिल्लाका ९ वटै पालिकामा २०/२० घर धुरीलाई पुग्ने गरी चामल,नुन र तेल राहत वितरण गर्ने सुर्खेत समाजका निबर्तमान अध्यक्ष लोकेश खत्रीले बताउनुभयो ।
अध्यक्ष खत्रीले यो अभियानमा सहयोग गर्ने रोजगारका लागि दक्षिण कोरियामा बस्दै आएका सम्पुर्ण नेपाली र कार्यसमिति प्रदाधिकारलाई हार्दिक धन्यवाद ब्यक्त गर्नु भयो ।



Post a Comment