नेपाल खेलकुद महासंघका केन्दिय उपमहासचिब नन्दा बसेल ज्यु को पहलमा आज जिल्ला खेलकुद बिकास समिति सुर्खेतका खेलाडिहरुलाई माक्स, सेन्टेन्जार र किक प्याड हस्तारण गरिएको छ। उक्त कार्यक्रममा खेलकुद बिकास समितिका कार्यालय प्रमुख ओम दत्त न्यौपाने , टेकान्डो गुरु भुवन थापा, प्रदिप राई जिल्ला फुटबल संघ सुर्खेतका अध्यक्ष जनक रावल र खेलाडीहरुको उपस्तिथिमा हस्तान्तरण गरिएको छ।
नेपाल खेलकुद महा संघ कर्णाली प्रदेश संयोजक सुरज थापाले यस कोभिड महामारीका समयमा पनि समाजिक क्रियाकलापमा महा संघ लागि परेको र यस महामारीमा अग्र पङ्तीमा खटिएका प्रहरी, स्वास्थकर्मी र बिरामी हरु लाई मास्क, स्यानिटाइजर, तथा बिरामीहरु लाई फलफूल वितरण गरेको जानकारी दिनु भयो।
साथै उहाले सम्पूर्ण रास्टिय तथा अन्तर्राष्ट्रिय खेलाडीहरुलाई पनि कोरोना बिरुद्धको खोप लगाउनका लागि पहिलो प्राथमिकतामा राख्नका लागि सामाजिक विकास मन्त्रालयलाई अपिल गर्नु भएको छ।


Post a Comment